चिनियाँ कम्पनी साओमीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । जुन हेर्दा एप्पलको आईवाच जस्तै देखिन्छ । यो स्मार्टवाच अहिलेलाई चीनमा मात्रै सार्वजनिक गरिएको हो ।
यो स्मार्टवाचको मूल्य १३ सय चिनियाँ यूयान राखिएको छ । १.७८ ईन्चको स्क्रिन डिस्प्ले भएको यो स्मार्टवाचमा ५ सय ७० एमएएचको व्याट्री प्रयोग गरिएको छ, जुन ३६ घण्टा लगातार चल्ने कम्पनीले दाबी गरेको छ ।
यसमा क्वालकमको स्न्याप ड्रागन वेयर ३१०० प्रोसेसर र १ जिबीको र्याम प्रयोग गरिएको छ भने ८ जिबीको स्टोरेज दिइएको छ ।
यो स्मार्टवाचले मुटुको धड्कन र अन्य शारीरिक चाल मापन गर्न सक्नेछ भने फोरजी नेटवर्कको लागि ई-सीम पनि सपोर्ट गर्नेछ ।