close

अब एचडीआर क्वालिटिमै युट्युव लाइभ स्ट्रिम गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २६, २०७७ ११:१

अब एचडीआर क्वालिटिमै युट्युव लाइभ स्ट्रिम गर्न सकिने

काठमाडौं । युट्युवले सन् २०१६ मा एचडीआर सपोर्ट रोलआउट गरेको थियो । तर त्यो प्रि रेकर्डेड सामग्रीहरुमा मात्र सीमित थियो ।

तर अब कम्पनीले एचडीआर सपोर्टलाई लाइभ स्ट्रिममा पनि विस्तार गरेको छ । यससँगै अब प्रयोगकर्ताहरुले रियल टाइममै उत्कृृष्ट भिडियो क्वालिटीको अनुभव गर्न पाउने भएका छन् । 

एचडीआर अर्थात हाई डाइनामिक रेन्जले तपाईंको सामग्रीलाई व्यापक रेन्ज प्रदान गर्दछ । साथै यसले स्क्रिनमा पनि अँध्यारो छाँया र उज्यालो हाईलाइटलाई सपोर्ट गर्दछ ।

यदि तपाईं भिडियो कृयटर हुनुहुन्छ र एचडीआरमा लाइभस्ट्रिम गर्न चाहनुहुन्छ भने तपाईंले यी इन्कोडहरु प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै भ्युअरहरुका लागि पनि लाइभ स्ट्रिम एचडीआरमा हेर्न कम्प्याटिबल डिभाइसको आवश्यकता पर्दछ ।

उदाहरणका लागि एचडीआर टिभीमा युट्युव एप, एचडीआर डिभाइससहितको एन्ड्रोइड डिभाइस, क्रोमकास्ट अल्ट्रा, एचडीआर डिस्प्ले र एचडीआर ग्राफिक्स सपोर्ट भएको विण्डोज तथा म्याक पीसी आदी । 

यदि तपाईंको डिभाइसले एचडीआर सपोर्ट गर्दैन भने तपाईंले भिडियो क्वालिटी सेटिङमा एचडीआर अप्सन देख्नुहुने छैन । यदि छैन भने पनि केही छैन, तपाईंले एसडीआरमा भने भिडियो हेर्न पाइहाल्नु हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४