close

यस्तो छ ओप्पोले सार्वजनिक गरेको स्लाइड फोन र म्यूजिक लिंकको कन्सेप्ट

टेकपाना टेकपाना

मंसिर २९, २०७७ २०:१४

यस्तो छ ओप्पोले सार्वजनिक गरेको  स्लाइड फोन र म्यूजिक लिंकको कन्सेप्ट

काठमाडौं । ओप्पोले जापनिज इन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसँगको सहकार्यमा विभिन्न कन्सेप्चुअल डिजाइन सार्वजनिक गरेको छ । चीनमा आयोजित इन्टरनेसनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई) मार्फत कम्पनीले उक्त डिजाइन सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका विभिन्न उत्पादनका डिजाइन ओप्पो र ओकी साटो नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतको सहकार्यमा निर्माण गरिएको उल्लेख छ ।सीआईआईडीईमा ओप्पोले स्लाइड–फोन र म्यूजिक–लिंक कन्सेप्चुअल डिजाइन प्रदर्शन गरेको थियो ।

ओप्पाेले सार्वजनिक गरेकाे स्लाइड फोनको कन्सेप्ट ।

विश्व क्रमशः स्मार्टफोनमा निर्भर भइरहेको हालको अवस्थालाई मध्यनजर गर्दै यो स्लाइड–फोनको सोच विकास गरिएको हो । कम्पनीका अनुसार उक्त फोनको अवधारणामा एकै दिशामा पट्याउन मिल्ने तीन वटा स्क्रिन रहेका छन् । जसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्नेछन् ।

ओप्पाेले सार्वजनिक गरेकाे स्लाइड फोनको कन्सेप्ट ।

त्यस्तै ओप्पो र नेन्डोको सहकार्यमा ‘म्यूजिक–लिंक’ टीडब्लूएस इयरफोनको अवधारणा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्मार्टवाच, एआई स्पिकर, पोर्टेबल चार्जर र वायरलेस चार्जरको माध्यमबाट एक अर्कासँग जोडिएका उपकरणको समूह हो ।

ओप्पाेले सार्वजनिक गरेकाे म्यूजिक–लिंकको कन्सेप्ट ।

यसमार्फत टीडब्लूएस इयरफोन र पोर्टेबल चार्जिङ केसलाई एआई स्पिकरमा जडान गरे पश्चात प्रयोगकर्ताले हेडफोन र स्पिकरका माध्यमबाट संगीतको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

ओप्पाेले सार्वजनिक गरेकाे म्यूजिक–लिंकको कन्सेप्ट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४