काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्ट ह्याक भएको छ । एक ह्याकरले पासवर्ड अनुमान गरेर उनको ट्वीटर अकाउण्ट ह्याक गर्न सफल भएका हुन् ।
ह्याकर हुन भिक्टर गेवेर्स । ‘ईथिकल ह्याकर’ को रुपमा परिचित उनलाई कुनै कारबाही भने हुने छैन ।
किन भने, इथिकल ह्याकरका रुपमा उनी इन्टरनेटमा रहेको त्रुटी उजागर गर्ने काम गर्दै आएका छन् । उनले डोनल्ड ट्रम्पको ट्वीटर अकाउण्ट पनि त्यसै शिलशिलामा ह्याक गर्न सफल भएका हुन् ।
उनले आफूले ट्रम्पको ट्वीटर अकाउण्टमा एक्सेस प्राप्त गरेको जानकारी भने केही समय अघि बाहिर ल्याएका थिए । ह्याकरले २२ अक्टोबरमा ट्रम्पको ट्वीटर अकाउन्टभित्रको स्क्रिनसट शेयर गरेका थिए ।
ट्रम्पको ट्वीटरमा केही परिवर्तन गरेर समेत देखाएक थिए । तर, त्यसबेला ह्वाइट हाउसले यस विषयमा केही बोलेको थिएन ।
किन भने, पासवर्ड पत्ता लगाएर खोलिएको हुँदा कुनै अनधिकृत पहुँचको प्रयास समेत नदेखिएकाले उत्त स्क्रिनसटलाई व्यवास्ता गरिएको थियो । अर्कोतर्फ ट्वीटरले पनि त्यतिबेला अमेरिकी राष्ट्रपतिको अकाउन्टमा कुनै किसिमको एक्सेस प्राप्त नभएको जनाएको थियो ।
तर, अहिले आएर डच अधिकारीहरुले त्यतिबेला ट्रम्पको अकाउण्ट ह्याक नै भएको दाबी गरेका हुन् ।