close

विश्वकै ठूलो रेडियो टेलिस्कोप खुला गर्दै चीन

टेकपाना टेकपाना

पुस १०, २०७७ २१:२५

विश्वकै ठूलो रेडियो टेलिस्कोप खुला गर्दै चीन

काठमाडौं । पियर्टो रिकोमा रहेको ऐतिहासिक एरिसीबो अब्जर्भेटरी भत्किएपछि अब चीनले विश्वकै ठूलो रेडियो टेलिस्कोप खुला गर्ने भएको छ । उक्त टेलिस्कोपलाई चीनले अन्तराष्ट्रिय वैज्ञानिकका लागि समेत खुला गर्ने बताएको छ ।

स्पेस डटकममा प्रकाशित समाचारमा जनाइए अनुसार गुईझाउ राज्यस्थित पिङटाङमा रहेकाे पाँचसय मिटर अपार्चर स्पेरिकल टेलिस्कोप Five-hundred-meter Aperture Spherical Telescope (FAST) विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप हो ।

५३ वर्षसम्म इतिहास रचेको पियर्टोरिकोको एरिसीबो अब्जर्भेटरीभन्दा यो आकारमा धेरै ठूलो छ । चीन सरकारले २०१६ मा यसको निर्माण सम्पन्न गरेको हो ।

केबल समस्याका कारण एरिसीबोको रेडियो टेलिस्कोप गत नोभेम्बरमा भत्किएको थियो । यससँगै अब विश्वभरका भूगोलशास्त्रीहरुका लागि फास्टको ढोका खुल्ने फास्टका अपरेसन एण्ड डेभलपमेन्ट सेन्टरका प्रमुख वाङ क्युमिङले बताएका छन् ।

सो स्थानमा अनुसन्धानका लागि आउने विद्यार्थीहरुको अनुरोधपत्र २०२१ देखि लिने फास्टले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०