close

ड्राइभिङको नयाँ अनुभवका लागि गुगल म्यापमा ठूलो परिवर्तन

टेकपाना टेकपाना

माघ १६, २०७७ १७:१७

ड्राइभिङको नयाँ अनुभवका लागि गुगल म्यापमा ठूलो परिवर्तन

काठमाडौं । एन्ड्रोइड अटोमोटिभका लागि गुगल म्याप एक महत्वपूर्ण आधार हो । त्यसमा पनि इलेक्ट्रिक गाडीमा गुगल म्यापको बढ्दो प्रयोगले यसको औचित्यलाई अझ विस्तार गरिदिएको छ ।

त्यसैले पनि गुगलले इलेक्ट्रीक गाडीलाई लक्षित गर्दै गुगल म्यापमा आमुल परिवर्तन नै गरेको छ ।गुगलले यसअघि नै इलेक्ट्रिक गाडीको ब्याट्रीको लेवल हेर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो ।

त्यति मात्रै नभएर अब कम्पनीले इलेक्ट्रिक कारका लागि चार्ज स्टेसनको जानकारी समेत यही एपमा दिने छ । यसको अर्थ गुगल म्यापले इलेक्ट्रिक कारको हकमा कुन बाटो भएर जाँदा सहज हुनेछ भन्ने कुराको जानकारीका साथै कुन बाटोबाट जाँदा कति ओटा चार्ज स्टेसन पर्छन् भन्ने कुरा समेत बताउनेछ ।

त्यसमा पनि तपाईंको कार लागि कहाँ पुगेर चार्ज गर्दा उपयुक्त हुन्छ भन्ने सम्मको जानकारी पनि म्यापले दिनेछ । यस्तै चार्जिङ स्टेसनमा पनि कुन किसिमको चार्जिङ प्लग रहेको छ भन्ने जानकारी पनि गुगलले नै उपलब्ध गराउनेछ ।

यसो हुँदा प्रयोगकर्तालाई आवश्यकता अनुसार योजना बनाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । यसका लागि गुगलले परिस्कृत एल्गोरिदम प्रयोगमा ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४