close

च्याट गर्दै टेलिकमको सेवा बुझ्न र गुनासो सुनाउन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

फागुन ४, २०७७ १५:४०

च्याट गर्दै टेलिकमको सेवा बुझ्न र गुनासो सुनाउन सकिने, यस्तो छ तरिका

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको बारेमा सहज रुपमा जानकारी दिन ‘एनटी च्याटबट’ सञ्चालनमा ल्याएको छ । यसमार्फत सेवाग्राहीले टेलिकमको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

त्यसका लागि सुरुमा टेलिकमको वेबसाइट खोल्नुहोस् । वेबसाइट खुलेसँगै त्यहाँ एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबट’ भनेर लेखिएको छ ।

त्यसमा गएर कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न सकिने छ ।

सहजताको लागि त्यहाँ भाषा छनोटको विकल्प पनि दिइएको छ । तपाईंले नेपाली/अंग्रेजी कुनै एक भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सक्नुहुनेछ ।

कम्पनीका अनुसार उक्त च्याटबटमार्फत फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्याण्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने जनाएको छ ।

एनटी च्याटबट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबटबाहेक कम्पनीका सामाजिक सञ्जालहरु (फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम) प्रयोग गर्न सकिने छ ।

यसका साथै ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३