close

आईफोन थर्टिनमा १२० हर्ज रिफ्रेस रेट सहित पहिलाे पटक ‘अल्वेज-अन’ डिस्प्ले

टेकपाना टेकपाना

फागुन ४, २०७७ १६:१६

आईफोन थर्टिनमा १२० हर्ज रिफ्रेस रेट सहित पहिलाे पटक ‘अल्वेज-अन’ डिस्प्ले

काठमाडौं । एप्पल पारखीहरुले आईफोन थर्टिनमा कस्ता फिचर आउलान् भनेर चासो दिन थालिसकेका छन् । याे वर्षकाे सेप्टेम्बर महिनामा सार्वजनिक हुने नयाँ सिरिजका फिचरबारे हल्ला र अनुमान भइरहेका छन् ।

थर्टिन सिरिजले वाईफाई सिक्स ई स्ट्याण्डर्डलाई सपोर्ट गर्नेबारे धेरैजसाे मिडियाले समाचार बनाइसकेका छन् । यसैबीच हालै एप्पलको अपकमिङ सिरिजमा १२० हर्ज रिफ्रेस रेट सहित अल्वेज-अन डिस्प्ले फिचर समावेश हुने खबर आएको छ ।

यो समाचारले आईफोनप्रेमीलाई थप उत्साहित बनाएको छ । यसअघि एप्पलकाे उत्पादन एप्पल वाच सिरिज फाइभ र सिक्समा मात्रै अल्वेज-अन डिस्प्ले फिचर रहेको थियो ।

एप्पलबारे नयाँ सूचना दिने युट्युब च्यानल एभ्रिथिङ एप्पल प्रोले नयाँ फिचर समेटेर भिडियो तयार पारेको छ । सो भिडियोमा लिकस्टर म्याक्स वेनबकलाई स्रोतको रुपमा उल्लेख गर्दै आईफोन थर्टिनमा अल्वेज-अन डिस्प्ले समावेश हुने जनाइएको छ ।

अल्वेज-अन डिस्प्ले फिचर धेरैजसाे एन्ड्राेइड फाेनमा उपलब्ध छ । याे फिचरले फाेन स्लिप माेडमा भएकाे अवस्थामा पनि सूचनाकाे नाेटिफिकेशन दिन्छ । याे फिचरले डिफल्ट रूपमै समय, मिति र ब्याट्रीकाे अवस्थाकाे जानकारी दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३