काठमाडौं । विश्व बजारमा क्रिप्टोकरेन्सीको भ्यालु १.७ ट्रिलियन डलर पुगेको छ । यो ऐतिहासिक आँकडा पार भएसँगै विद्युतीय कार निर्माता टेस्ला कर्पोरेसनको व्यवसायले नयाँ स्वाद चाखेको छ ।
कम्पनीले गत जनवरीमा मात्रै बिटक्वाइनमा लगानी गरेको थियो । एक महिनाको अवधिमै कम्पनीले बिटक्वाइन लगानीबाट ९३० मिलियन डलर अर्थात् करिब एक खर्ब ८ खर्ब रूपैयाँ प्रतिफल कमाएको बेलायतस्थित द टाइम्सले लेखेकाे छ ।
बिटक्वाइनमा देखिएकाे याे परिवर्तन आश्चर्यजनक छ । गत वर्षको यही अवधिको तुलनामा यसको मूल्य ८१ प्रतिशतले बढेको छ । पछिल्लाे समय बिटक्वाइनकाे मूल्य ५६,३९९.९९ डलर पुगेकाे छ
टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गर्दै त्यसलाई भुक्तानीको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । यससँगै अहिले बिटक्वाइटले व्यापक वैधानिकता पाउँदै गइरहेको छ ।
वित्तीय क्षेत्रका ठूला खेलाडीहरुले शुद्ध लगानी गरिरहेका कारण यसको मूल्य निरन्तर बढिरहेको मेल्बर्न ब्रोकरेज पेपर्स्टनका प्रमुख अनुसन्धानकर्ता क्रिस वेस्टन बताउँछन् ।