काठमाडौं । सन् २०२१ काे संस्करणका लागि एप्पलले सानो साइजको म्याक–प्रो र नयाँ डिजाइन सहित २४ इन्चको आईम्याक ल्याउने भएकाे छ । एप्पलकाे सिलकन प्रोसेसर प्रयोग हुने यी उपकरणकाे तस्वीर सार्वजनिक भएकाे छ ।
यसअनुसार नयाँ म्याक प्रो हाल बजारमा उपलब्ध म्याक प्रोको तुलनामा आधा सानो हुनेछ । भने, आईम्याकमा एज टु एज डिस्प्ले प्रयोगमा आउनेछ ।
विश्वव्यापी रुपमा एप्पल कम्पनीको नयाँ प्रडक्टबारे खुलासा गर्ने जोन प्रोसेसरले म्याक प्रो र आईम्याकको तस्वीर सार्वजनिक गरेका हुन् ।
उनका अनुसार म्याक–प्रो एम सिरिज प्रोसेसरको साथ अपडेट गरिनेछ । यो उपकरणको आकार जी–४ क्यूब जस्तै रहेको छ । त्यस्तै आईम्याकको डिस्प्ले डिजाइन आईप्याड-प्रो डिस्प्ले एसडीआर र आईप्याड प्रोसँग मिल्दोजुल्दो रहेको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार यी प्रडक्ट २०२१ को मार्च महिनामा बजारमा आउने अनुमान गरिएको छ ।