close

गोपनीयताका लागि आफ्नो छुट्टै म्यासेजिङ एप प्रयोग गर्दै भारतीय सैनिक

टेकपाना टेकपाना

फागुन १४, २०७७ ११:३१

गोपनीयताका लागि आफ्नो छुट्टै म्यासेजिङ एप प्रयोग गर्दै भारतीय सैनिक

काठमाडौं । गोपनीयतालाई मध्यनजर गर्दै भारतीय सैनिकले आफ्नै म्यासेजिङ एप प्रयोग गर्ने भएको छ । आउँदो अप्रिल १ तारिखबाट उक्त एप प्रयोगमा आउने उल्लेख गरिएको छ ।

त्यसका लागि भारतीय सैनिकले इन्टरनेटका लागि सुरक्षित मानिएको एप्लिकेसन (एसएआई) म्यासेजिङ निर्माण गरिरहेको सैनिक प्रमुख एमएम नाराभानेले बताएका छन् । उनका अनुसार उक्त एसएआई सैनिकको आन्तरिक प्रयोजनका लागि मात्रै बनाइएको हो ।

उक्त एप भारतीय सैनिककै एक कर्मचारीले निर्माण गरेका हुन् । एप हाल साइबर सुरक्षा प्रमाणीकरणको क्रममा रहेको छ ।

ह्वाट्सएपकै सहर रहेको एसएआई भारतीय सैनिकले मात्रै प्रयोग गर्न मिल्ने गरी तयार पारिएको छ । जसले इन्ड टु इन्ड भ्वाइस, भिडियो, तथा टेक्स्टलाई सर्पोट गर्नेछ ।

उनका अनुसार यो एपको मोडल हाल बजारमा उपलब्ध ह्वाट्सएप, टेलिग्राम, सम्वाद लगायतका एप जस्तै रहेको छ । जसमा इन्ड टु इन्ड इन्क्रिप्सन प्रोटोकल रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४