close

नेपाल बैंकमा २७९ कर्मचारी माग, खल्ती वालेटबाट आवेदन शुल्क बुझाउन सकिने

टेकपाना टेकपाना

फागुन २५, २०७७ ११:१२

नेपाल बैंकमा २७९ कर्मचारी माग, खल्ती वालेटबाट आवेदन शुल्क बुझाउन सकिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा २ सय ७९ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरिएको छ ।

यसमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले आवेदन दिन सक्ने भएका छन् । यस्तै, आइटीतर्फको सहायक प्रबन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरिएको छ ।

आवेदन अनलाइनबाटै भर्न सकिने छ । त्यसरी अनलाइबाट भरिएको शुल्क अब खल्ती डिजिटल वालेटको मोबाइल एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड राखी लगइन गरेर तोकिएको शुल्क भुक्तानी गर्न सकिने छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स लगाएतका सेवा शुल्क तिर्ने सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१