close

प्रयोगकर्ताको फेसबुकबाट आफन्त र साथीभाइसँग पैसा माग्दै ह्याकर

टेकपाना टेकपाना

चैत ११, २०७७ १६:३१

प्रयोगकर्ताको फेसबुकबाट आफन्त र साथीभाइसँग पैसा माग्दै ह्याकर

काठमाडौं । प्रयोगकर्ताको फेसबुक लगायतका सामाजिक सञ्जाल अकाउन्ट ह्याक गरी साथीभाइ तथा आफन्तसँग पैसा माग्ने क्रम बढेको छ । पछिल्लो समय यस्ता घटना बढेपछि साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको हो ।

सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि बढ्दै गएको छ । यस्तोमा तपाईंले प्रयोग गरिरहेको सामाजिक सञ्जालको पासवर्ड अन्य कसैले ह्याक गरी दुरुपयोग हुन थालेको हो ।

यसरी ह्याक भएको सामाजिक सञ्जाल आईडीबाट आफन्त तथा साथी भाइसँग रकम माग गर्ने जस्ता गतिविधि गरी अनाधिकृत पहुँच तथा घटना गर्ने कार्य बढ्दै गएको भन्दै ब्यूरोले सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको छ ।

‘यस किसिमका सूचना तथा निवेदन यस ब्यूरोमा प्राप्त भइरहेको हुँदा आफूले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जालक पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमको राख्न हुन अनुरोध छ,’ ब्यूरोको सूचनामा भनिएको छ, ‘सुरक्षाका लागि समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र मल्टी फ्याक्टर अथेन्टिकेसन सेट गरी सुरक्षित रुपमा सामाजिक सञ्जालको सदुपयोग गर्नुहुन अनुरोध गर्दछौं ।’

साथै यस किसिमका घटना भएको खण्डमा सहयोगका लागि ब्यूरोमा जानकारी गराउन समेत आग्रह गरिएको छ । प्रयोगकर्ताले टेलिफोन नम्बर ०१-४२१९०४४, ०१-४२१९०४८, मोबाइल नम्बर ९८५१२८६७७० र यहाँ क्लिक गरी ईमेलमार्फत सम्पर्क गरी ब्यूरोमा सम्पर्क गरी सूचना तथा जानकारी टिपाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१