close

वेब होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेबसाइट नै बन्द !

टेकपाना टेकपाना

चैत १३, २०७७ १७:२१

वेब होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेबसाइट नै बन्द !

काठमाडौं । आज ज्योति लाइफ इन्स्याेरेन्स लिमिटेडको शेयर बाँडफाड भएको छ । यतिबेला शेयर लगानीकर्ता आफूलाई शेयर पर्‍यो, परेन भनेर हेर्ने प्रयास गरिरहेका छन् । तर, सजिलै नतिजा हेर्न पाइरहेका छैनन् ।

सीडीएसले शेयरको नतिजा हेर्न बनाएको वेबसाइटमा पनि हालसम्म कुनै डेटा उपलब्ध छैन । मेरो शेयर अकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिने भएता पनि प्रयोगकर्ता धेरै हुँदा याे वेबसाइट पनि राम्राेसँग चलेकाे छैन ।

यस्तोमा लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबी क्यापिटलको वेबसाइटमार्फत पनि शेयरको रिजल्ट हेर्ने प्रयास गरिरहेका छन् ।

तर, एनएमबी क्यापिटलको वेबसाइट नै बन्द छ । वेब होस्टिङ कम्पनीलाई समयमा पैसा नतिर्दा एनएमबीको वेबसाइट बन्द भएको स्राेतले उल्लेख गरेकाे छ ।

कम्पनीको वेबसाइट खोल्दा केही बेरअघिसम्म पनि ‘दिस अकाउण्ट ह्याज बिन सस्पेन्डेड’ भन्ने म्यासेज स्क्रिनमा देखिएको छ ।

यस्तो म्यासेज कस्तो अवस्थामा देखाउँछ भन्ने प्रश्नमा एक विज्ञले भने, ‘वेबसाइट होस्ट गर्ने कम्पनीलाई पैसा नतिरेको अथवा डोमेन नेम रिन्यू नगरेको अवस्थामा वेबसाइट सस्पेन्ड हुनसक्छ ।’

सम्बन्धित समाचार :

आईपीओ आवेदनका लागि अब छुट्टै वेबसाइट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१