close

मोबाइल शपिङ एप बन्द गर्दै गुगल

टेकपाना टेकपाना

चैत ३०, २०७७ १५:२५

मोबाइल शपिङ एप बन्द गर्दै गुगल

काठमाडौं । गुगलले आईओएस र एन्ड्रोइड  दुवै प्लेटफर्मबाट आफ्नो मोबाइल शपिङ एप बन्द गर्ने घोषणा गरेको छ । तर वेब भर्सनको एपलाई भने निरन्तरता दिने जानकारी दिँदै  प्रयोगकर्ताहरुलाई त्यसको प्रयोग गर्न आह्वान गरेको छ ।

शुक्रबार उक्त शपिङ एपको विभिन्न कोड स्ट्रिङ्ग्समा ‘सनसेट’ टर्म थप गरिएको एक्सडीए डेभलपर्सले पाएको थियो । जसले ती एपहरु अब बन्द हुने संकेत दिएको छ ।

गुगलका प्रवक्ताले केही हप्तादेखि शपिङ एपलाई गुगल प्लेस्टोर र एप्पल स्टोरबाट हटाइने बताएका छन् । तर एपको वेब भर्सनमा भने ती सम्पूर्ण फङ्सनालिटीहरु उपलब्ध हुने उनले बताए ।

वेब भर्सन र गुगल एपजस्ता अन्य गुगल सर्फेसहरुमा थप फिचरहरु विकास गर्दै जाने गुगलको भनाइ छ । गुगलले वेब भर्सन सक्रिय रहने भन्दै यसमार्फत सेवाका लागि जोडिन ग्राहकलाई आह्वान गरेको छ ।

उक्त एपले हजारौं अनलाइन स्टोरहरुलाई चयन गरी गुगल अकाउन्ट प्रयोग गरी खरिद भुक्तानी गर्ने सुविधा प्रदान गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१