close

अब वेब प्रयोगकर्ताका लागि पनि गुगल लेन्स

टेकपाना टेकपाना

बैशाख ३, २०७८ ६:५६

अब वेब प्रयोगकर्ताका लागि पनि गुगल लेन्स

काठमाडौं । गुगलले अब आफ्नो लेन्स फिचरलाई डेडिकेटेड एपदेखि वेब भर्सनमा समेत विस्तार गरेको छ । योसँगै अब तपाईंले क्लाउडमा स्क्रिनशट्स वा डकुमेन्टहरु सेभ गरेर राख्नुभएको छ भने वेब भर्सनको लेन्सले तपाईंलाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

अघिल्लो महिना गुगल फोटोजको नयाँ इन्टरफेसले लेन्स टुल एक्सेस गर्न सजिलो बनाइदिएको छ । अब भने वेबमा भएका फोटोहरुको टेक्स्टलाई समेत अप्टिकल क्यारेक्टर रिकग्निसन अर्थात् ओसीआर प्रयोग गरेर कपी गर्न सकिन्छ ।

त्यसो त प्रयोगकर्ताहरुले गुगल अकाउन्टको माध्यममार्फत फोनबाट कम्प्युटरमा अक्षर सार्न सक्छन् । तर लेन्सलाई सिधै वेबमा एक्सेस गर्न सकेको खण्डमा यो सम्पूर्ण झन्झटिलो प्रक्रियाबाट मुक्त हुन सकिन्छ ।

वेबमा रहेको फोटोभित्रको टेक्स्टमा ओसीआर प्रयोग गर्न ‘कपी टेक्स्ट फ्रम इमेज’ बटनमा हेर्नुहोस् । एकपटक यो एक्टिभ भइसकेपछि तपाईंले कर्जरलाई तानेर शब्द भएको भागलाई हाइलाइट गर्न सक्नुहुन्छ ।

त्यति हिस्सा मात्र हाइलाइट गर्नुहोस्, जति तपाईं सार्न चाहनुहुन्छ । यति गरेपछि तस्वीरको दायाँतिरको मेनुबाट ‘कपी टेक्स्ट’ मा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१