close

विन्डोज १० को टुलबारमा नयाँ फिचर

टेकपाना टेकपाना

बैशाख १०, २०७८ २०:११

विन्डोज १० को टुलबारमा नयाँ फिचर

काठमाडौं । माइक्रोसफ्टले विन्डोज टेनमा नयाँ टास्कबार फिचर उपलब्ध गराएको छ । कम्पनीको नयाँ भर्सन १९०९, २००४, २० एच २ र २१ एच १ मा नयाँ फिचर उपलब्ध भएको छ ।

कम्पनीले विन्डोज १० को टास्कबारमा ‘न्युज एण्ड टास्कबार’ भन्ने फिचर उपलब्ध गराएको छ । जसमार्फत प्रयोगकर्ताले मौसमको जानकारी, ताजा समाचार लगायतका जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो फिचर कतिपय प्रयोगकर्तामाझ उपलब्ध भइसकेको बताइएको छ । विशेष गरी पहिलो चरणमा परीक्षणका लागि कम्पनीले केही सीमित प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराएको हो ।

परीक्षण पश्चात नयाँ फिचर सम्पूर्ण प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ । कम्पनीका अनुसार यो फिचर उपलब्ध गराउनुको मुख्य उद्देश्य प्रयोगकर्ताले सहज रुपमा न्युज तथा अपडेट प्राप्त गर्न सकुन् भन्ने हो ।

यो फिचरले एक क्लिकको भरमा तपाईंले न्युज तथा अन्य जानकारी पाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१