close

प्रारम्भिक रुपमा सुरु भयो नेपाल टेलिकमको मोबाइल मनी ‘नमस्ते पे’

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १३:१५

प्रारम्भिक रुपमा सुरु भयो नेपाल टेलिकमको मोबाइल मनी ‘नमस्ते पे’

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे’ को प्रारम्भिक परीक्षण आजदेखि सुरू भएकाे छ ।

यसको परिक्षण सुरुवात चाैंथो राष्ट्रिय सूचना तथा प्रविधि दिवसका दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने गरी नेपाल टेलिकमको भातृ कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) ले ‘नमस्ते पे’ ल्याउने तयारी गरिरहेको छ ।

उक्त एपको उद्घाटन आजकै दिन गर्ने तयारी भएको भएतापनि प्राविधिक कारणले आज यसको प्रारम्भिक उद्घाटन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री प्रार्वत गुरुङले बताएका छन् ।

उनका अनुसार टेलिकमको उक्त सेवाले भोलिका दिनमा आम मानिससम्म डिजिटल कारोबारलाई विस्तार गर्न मद्धत गर्ने मन्त्री गुरुङले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१