close

कोरोनाले पछि धकेल्यो अवैध मोबाइल बन्द गर्ने सिस्टम

टेकपाना टेकपाना

जेठ २, २०७८ १५:४८

कोरोनाले पछि धकेल्यो अवैध मोबाइल बन्द गर्ने सिस्टम

काठमाडौं । अवैध मोबाइल बन्द गर्नेगरी यही वैशाखदेखि सञ्चालनमा ल्याउने भनिएको एमडीएमएस सञ्चालनको काम पर धकेलिएको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परियोजना सम्पन्न हुन थप समय लाग्ने भएको हो । 

सिस्टम सञ्चालनका लागि आवश्यक हार्डवेयर तथा सफ्टवेयर जडानको काम भने सम्पन्न भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘हामीले अहिले सिंहदरबारभित्र रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा यसको आवश्यक सिस्टम सेटअप गरेका छौं,’ उनले भने, ‘तर चीनबाट अर्डर गरिएको डेटा सेन्टरको कन्टेनर आउन नसक्दा सञ्चालनमा केही ढिलाइ हुने देखिएको छ ।’

स्थायी रुपमा चाबहिलमा राखिने भनिएको यो सिस्टम सुरुवाती चरणमा परीक्षणका लागि राष्ट्रिय सूचना प्रविधि कन्द्रमै रहने बताइएको छ । ‘कन्टेर आउने वित्तिकै यसको परीक्षणको काम सुरु हुन्छ,’ उनले भने, ‘तर कोभिडले गर्दा अनिश्चित बनेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४