close

‘ब्याटलग्राउण्डस् मोबाइल इण्डिया’ गेमको प्रि-रजिस्ट्रेसन सुरू

टेकपाना टेकपाना

जेठ ४, २०७८ ८:६

‘ब्याटलग्राउण्डस् मोबाइल इण्डिया’ गेमको प्रि-रजिस्ट्रेसन सुरू

काठमाडौं । पब्जी मोबाइल इण्डियाले हालै आफ्नो अवतारलाई ‘ब्याटलग्राउण्डस् मोबाइल इण्डिया’ मा परिवर्तन गरेको छ । याे नयाँँ गेमका लागि भारतमा आजदेखि प्रि-रजिस्ट्रेसन सुरू भएकाे छ ।

गुगल प्ले स्टोरमार्फत प्रि रजिस्ट्रेसन गर्न सकिन्छ र इच्छुक फ्यानले ‘प्रि-रजिष्टर’ बटनमा क्लिक गर्नुपर्नेछ ।

यो नयाँ टाइटलमा भारतीय झण्डाको कलर स्किम प्रयोग गरिएको छ । साथै पब्जी मोबाइल ग्लोबलको तुलनामा भिन्न फिचर रहेकाे डेभलपर क्राफ्टनले उल्लेख गरेकाे छ ।

क्राफ्टनका अनुसार यो गेमले ‘वर्ल्ड क्लास एएए मल्टीप्लेयर’ अफर गर्नेछ भने मोबाइल डिभाइसहरूमा फ्रि-टु-प्ले गेमिङ अनुभव प्रदान गर्दछ ।

साथै यसमा रिवार्ड कमाउन र किन्न राेयल पासकाे फिचर उपलब्ध हुने भएकाे छ । पब्जीमा यसअघि नै उपलब्ध स्किन, अननन क्यास, कस्ट्युम्स, इन्भेन्टाेरी लगायतमा फिचर यसमा पनि उपलब्ध हुनेछ ।

विश्वको दोस्रो ठूलो इन्टरनेट बजारको रुपमा रहेको भारतमा नयाँ ब्राण्डमा पब्जीलाई सार्वजनिक गर्न लागेको क्राफ्टनले बताएको छ । यो एप प्रतिबिन्धत हुनुअघि भारतमा ५ करोड सक्रिय मासिक प्रयोगकर्ता रहेका थिए ।

यो नयाँ गेममा डेटा र प्राइभेसीको विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । यसका लागि गेम भारतमा मात्र खेल्न सकिने गरी निर्माण गरिएकाे छ भने प्रयाेगकर्ताकाे डेटा भारतीय सर्भरमै स्टाेर हुनेछ ।

एन्ड्रोइडका लागि आजदेखि प्रि रजिस्ट्रेसन गर्न सकिने भएपनि आईओएसका लागि कम्पनीले नयाँ जानकारी दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१