close

५० हजार मुनीको रकमको चेक भुक्तानी नदिने भन्ने छैनः गभर्नर

टेकपाना टेकपाना

जेठ ९, २०७८ १५:३७

५० हजार मुनीको रकमको चेक भुक्तानी नदिने भन्ने छैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजार रुपैयाँभन्दा मूनको रकम विद्युतीय भुक्तानीबाट मात्र लिन पाइने व्यवस्था नरहेको स्पष्ट पारेका छन् । बैंकर्स संघको निर्णयलाई हवाला दिँदै बैंकहरुले ५० हजार रुपैयाँ मुनीका चेक भुक्तानी गर्न नमानेको गुनासो आएपछि गभर्नरले चाँसो देखाएका हुन् ।

एक ट्वीटर प्रयोगकर्ताले ५० हजार रुपैयाँ मूनीको रकम झिक्न नपाउने व्यवस्था गरिएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । सोही ट्वीटमा कोटेड रिट्वीट गर्दै गभर्नर अधिकारीले ससानो रकम झिक्न नपाउने भन्ने विषय हुँदै नभएको बताएका छन् ।

‘यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन,’ उनले अगाडि भनेका छन्, ‘कुन कुन बैंकको कुन शाखाबाट यस्तो व्यवहार भएको हो, स्पष्ट जानकारी पाए कारहबाहीका लागि हामीलाई सहज हुने थियो ।’ गभर्नर अधिकारीले राष्ट्र बैंकको ग्रभान्सेस पोर्टलमार्फत उजुरी दिन सकिने उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१