close

दूरसञ्चार सेवा कसरी सस्तो बनाउने ?

टेकपाना टेकपाना

जेठ १५, २०७८ १०:२

दूरसञ्चार सेवा कसरी सस्तो बनाउने ?

काठमाडौं । टेकपाना मिडियाको आयोजनामा हुँदै आएको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको आजको अंकमा दूरसञ्चार सेवाको मूल्यको विषयमा विमर्श हुने भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा वक्ताहरुले मोबाइल, टेलिफोन र इन्टरनेट कसरी सस्तो बनाउन सकिन्छ भन्ने सन्दर्भमा आफ्ना विचार व्यक्त गर्नेछन् ।

मुख्यतः दूरसञ्चार सेवाको लाइसेन्स शुल्क, फ्रिक्वेन्सी शुल्क, ग्रामीण दूरसञ्चार विकास कोष शुल्क, दूरसञ्चार सेवा शुल्क, भ्याट, ब्याण्डविथ लागत, पूर्वाधारको खर्च, प्रतिस्पर्धात्मक बजार, नियामकको भूमिका आदि विषय कार्यक्रममा समेटिने छन् ।

टेकपानाको फेसबुक पेजयुट्युव च्यानलबाट लाइभ प्रसारण हुने आजको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल प्यानलिस्टको रुपमा रहनेछन् । मन्त्रालयका प्रवक्ता समेत रहेका उनी राजस्व तथा कर प्रशासन पृष्ठभूमिबाट आएका हुन् ।

त्यस्तै नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे कार्यक्रममा अर्को प्यानलिस्टको रुपमा रहनेछन् । उनी प्राधिकरण अन्तर्गतको उपभोक्ता महाशाखा प्रमुख समेत हुन् ।

यसैगरी इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुली र नेपाल टेलिकमका निर्देशक राजेश जोशी समेत कार्यक्रममा प्यानलिस्टको रुपमा सहभागी हुनेछन् । कार्यक्रमको मोडेरेसन भने टेलिकम इन्जिनियर केशव ज्ञावालीले गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३