close

बजेटआएसँगै अर्थमन्त्रालयको वेबसाइटमा समस्या

टेकपाना टेकपाना

जेठ १५, २०७८ १९:२२

बजेटआएसँगै अर्थमन्त्रालयको वेबसाइटमा समस्या

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेसँगै अर्थमन्त्रालयको वेबसाइट एमओएफ डट जीओभी डट एनपीमा समस्या देखिएको छ । वेबसाइटमा एकैपटक भार पर्दा प्रयोगकर्ताले वेबसाइटमा पहुँच पाउन नसक्ने अवस्था बनेको हो ।

त्यसो त हरेक वर्षको बजेट भाषण सकिँदा नसकिँदै अर्थमन्त्रालयको वेबसाइटमा यस्तै किसिमको समस्या दोहोरिने गरेको छ । वेबसाइटको ट्राफिक ह्वात्तै बढेपछि साइटले धान्न नसकेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३