काठमाडौं । ट्वीटरले अकाउण्ट भेरिफिकेशन प्रक्रिया पुनः सुरु गरेको छ । कम्पनीले भेरिफिकेशन प्रक्रिया सुरु गरेको ८ दिनपछि अत्याधिक मात्रामा आवेदन आएको भन्दै अघिल्लो साता बन्द गरेको थियो ।
आएका आवेदनलाई अध्ययन गरी पुनः आवेदन प्रक्रिया सुचारु गर्ने जनाएको कम्पनीले आजदेखि यो प्रक्रिया खुला गरेको हो । कम्पनीले ट्वीट गर्दै आवेदन प्रक्रिया खुल्ला भएको जानकारी दिएको छ ।
Requests are open! Sorry about that pause –– now you can get back to your quest for a blue badge.
ट्वीटरको अकाउण्ट भेरिफिकेशन प्रक्रियामा जोसुकै सहभागी हुनसक्ने जनाइएको छ । तर, त्यमध्ये पनि ६ क्याटोगेरिका अकाउण्ट भेरिफाइको लागि याेग्य हुने जनाइएको छ ।
जसमा सरकारी, कम्पनी, ब्राण्ड, संस्था, समाचार संस्था, पत्रकार, इन्टरटेन्मेन्ट, गेमिङ, अभियानकर्ता, आयोजक र अन्य प्रभावशाली व्यक्तिहरु रहेका छन् ।