close

ह्वाट्सएपका भ्वाइस म्यासेज अब फास्ट स्पिडमा सुन्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

जेठ २२, २०७८ १५:४०

ह्वाट्सएपका भ्वाइस म्यासेज अब फास्ट स्पिडमा सुन्न सकिने, यस्तो छ तरिका

काठमाडौं । ह्वाट्सएपले आधिकारिक रुपमै भ्वाइस म्यासेजका लागि ‘प्लेब्याक स्पिड’ नामक फिचर उपलब्ध गराएको छ । यो फिचर पहिलो चरणमा बेटा भर्सनमा उपलब्ध भएको थियो । अब भने यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भएको छ ।

याे फिचरअन्तर्गत प्रयोगकर्ताले तीन फरक स्पिडमा ह्वाट्सएपमा आएको म्यासेज सुन्न सक्नेछन् । जसमा एउटा सामान्य गति हो भने एउटा १.५ गुणा र अर्को २ गुणा फास्ट स्पिडमा सुन्न सकिने छ ।

यो फिचरमा ह्वाट्सएपले ट्वीटरमार्फत जानकारी दिएको हो । जसमा नर्मल स्पिड आफैं लागू हुनेछ भने अन्य स्पिड भने आफैंले परिवर्तन गर्नुपर्ने छ । यो फिचर हाल सबै प्रयोगकर्तालाई उपलब्ध भइसकेकाले तपाईंले आफ्नो ह्वाट्सएपमा पनि यो फिचर देख्न सक्नुहुनेछ ।

यदि यो फिचर उपलब्ध नभएको खण्डमा तपाईंले ह्वाट्सएप अपडेट गरी प्रयोग गर्न सक्नुहुनेछ । यो फिचर ह्वाट्सएपको मोबाइल तथा डेस्कटप दुवै भसर्नमा उपलब्ध छ ।

कसरी प्रयोग गर्ने ?

यो फिचर तपाईंले कुनै भ्वाइस म्यासेज प्राप्त गरेसँगै स्वतः रुपमा देख्नुहुनेछ । उक्त भ्वाइस म्यासेजसँग रहेको ‘प्लेब्याक स्पिड आइकन’ मा क्लिक गरी तपाईंले उक्त म्यासेज कुन स्पिडमा सुन्ने हो, छनोट गरी सुन्न सक्नुहुनेछ । यसमा स्पिड बढाएर सुन्न सकिने फिचर उपलब्ध भएता पनि स्पिड घटाएर सुन्न सकिने सुविधा भने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३