close

ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

टेकपाना टेकपाना

असार १०, २०७८ १४:३७

ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।

नेपाल पारवहन तथा गोदाम व्यबस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरी भएको भनी निवेदन परेपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अधिकारीलाई नियन्त्रणमा लिइएकाे हाे ।

चोरी गरिएको ८ थान ल्यापटप र २ थान चार्जर सहित उनलाई फेला पारी पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनलाई चोरीसम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइने महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६