close

साओमी स्मार्टफोनको फिचर अनलाइनमा लिक गर्ने ब्लगरलाई झण्डै २ करोड जरिवाना

टेकपाना टेकपाना

असार १२, २०७८ १४:६

साओमी स्मार्टफोनको फिचर अनलाइनमा लिक गर्ने ब्लगरलाई झण्डै २ करोड जरिवाना

काठमाडौं । कुनै पनि ब्राण्डको स्मार्टफोन सार्वजनिक हुनुअघि धेरै जानकारी लिक हुने गरेको छ । जुन कुरा सामान्य हो । किनभने केही फोटाे र केही अनुमानका आधारमा हुने त्यस्ता लिकले त्यति फरक नपार्ला । तर, कुनै स्मार्टफोन सार्वजनिक हुनुअघि नै त्यसकाे सम्पूर्ण जानकारी सहितको भिडियो सार्वजनिक भयो भने के हुन्छ ?

गत वर्ष एउटा त्यस्तै घटना भएकाे थियो । सोओमी मि टेन अल्ट्रा आधिकारिक रुपमा सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै त्यसको अनबक्सिङ भिडियो बाहिरिएको थियो । जसका कारण जापानका एउटा ब्लगरले सोओमीलाई एक लाख ५० हजार डलर अर्थात नेपाली रुपैयाँ एक करोड ८३ लाखभन्दा बढी बुझाउनुपर्ने भएको छ ।

जापनको ब्युटिफुल टेक्नोलोजी नामक एक ब्लगरविरूद्द अदालतले याे जरीवाना ताेकेकाे छ । उनले कम्पनीसँग सम्झाैता गरेर ल्याएको मोबाइलको अनबक्सिङ भिडियो बनाएर सार्वजनिक गरिदिएका थिए । उक्त विषयले त्यसबेला त्यति चर्चा भने पाएन । उक्त कन्टेन्ट तत्कालै डिलिट गरिएको थियो । तर, पनि ब्लगरले डेढ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएकाे छ ।

ब्लगरले साओमीसँग माफ माग्दै लेखेको पत्र सार्वजनिक हालै भएकाे छ, जसमा उनले गल्ती स्वीकार्दै अदालतकाे निर्णय मान्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५