काठमाडौं । पछिल्ला केही दिनयता ट्वीटरमा ह्यासट्याग क्यान्सल एनईबी एक्जाम्स (#CancelNEBExams) अर्थात ‘राष्ट्रिय परीक्षा बोर्डको परीक्षा स्थगित गर’ टप ट्रेन्डिङमा छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेपछि विद्यार्थीहरूले ट्वीटरमा यो ट्रेन्डिङ सुरु गरेका हुन् ।
विगत केही दिनदेखि कोरोना सङ्क्रमण बढिरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोनाको तेस्रो लहरको संकेत दिइरहेको अवस्थामा विद्यार्थीको ज्यान जोखिममा राखेर परीक्षा सञ्चालन गर्न नहुने भन्दै ट्वीटरमा बोर्डको निर्णय विरुद्ध आवाज उठिरहेको छ ।
कोरोनाको सङ्क्रमणबढिरहेको बेला भौतिक रुपमा परीक्षा लिँदा परीक्षा केन्द्रमा हुने भिडभाडले सङ्क्रमणको जोखिम अझ बढ्ने हुदाँ स्वास्थ्य सुरक्षाको प्रत्याभूत नभएसम्म परीक्षा दिन नसकिने कक्षा १२ का कतिपय विद्यार्थीहरूको तर्क छ । सरकारको व्यवस्थापन पक्ष राम्रो नभएका कारण परीक्षाको नाममा आफ्नो ज्यान जोखिममा राख्न नसक्ने भन्दै विद्यार्थीहरूले ट्वीटरमा निर्धारित परीक्षा स्थगनको गर्न माग गरिरहेका छन् ।
ट्वीटरमा अहिले परीक्षा स्थगनको माग राख्दै सुरु भएको ह्यासट्याग #CancelNEBExams मा विभिन्न पोस्टहरू ट्वीट र रिट्वीट गर्दै विद्यार्थीहरूले परीक्षा रोक्न दबाब दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म यो ह्यासट्याग राखेर ८१ हजारभन्दा धेरै ट्वीट भइसकेका छन् ।
केही विद्यार्थीहरूले बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको फोटोमा रातो रङ्गको क्रस चिन्ह्य बनाएर प्रोफाइल पिक्चर पनि राखेका छन् । तर जुनसुकै हालतमा परीक्षा गराउनुपर्ने माग समेत विद्यार्थीबीचबाटै उठिरहेको छ । भौतिक रुपमा कक्षा १२ को परीक्षा नगर्न भन्दै सुमित भट्टले बिहीबार आफ्नो ट्वीटमा लेखेका छन् ।
NEB, If decision is to be made within the next few days, I request the concerned authority to either do internal assessment or conduct virtual exams. Postponement is simply not acceptable as we cannot dwell on exams for the rest of our lives. #CancelNEBExams pic.twitter.com/qVhNg0oK1J
— Sumit Bhatta (@SumitBh60106569) August 5, 2021
‘यदि राष्ट्रिय परीक्षा बोर्डले आफ्नो निर्णय केही दिनमा दिने हो भने सम्बन्धित निकायलाई कि त आन्तरिक व्यवस्थापन गरेर परीक्षा लिन अथवा भर्चुअल परीक्षा लिन म अनुरोध गर्दछु । परीक्षा हाललाई स्थगित गर्नु स्वीकार्य हुनेछैन । हामी जिन्दगीभर परीक्षा कुरेर बस्न सक्दैनौं ।’
त्यस्तै शुक्रबार ट्वीट गर्दै बबिता पौडेलले लेखेकी छिन् ‘यस्तो वेवास्ता र असावधानीले उनीहरू नेताका रुपमा असफल भएका छन् । भौतिक परीक्षाको परिणाम थाहा हुदाँहुदै पनि उनीहरूले यो विषयलाई सानो मुद्दाको रुपमा लिएका छन् ।’
Their ignorance and carelessness shows how they have failed as leaders. They know the consequences of taking physical exam but still acting like no big issue. @ccmcnepal @SherBDeuba @thapagk #CancelNEBExams https://t.co/Yb3YzeME8s
— Bibita (@BibitaPoudel) August 6, 2021
यति मात्र होइन विद्यार्थीहरूले ट्वीटरमा बोर्ड र सीसीएमसीका सम्बन्धित सम्पर्क नम्बरहरू समेत पोस्ट गरेर आफ्नो आफ्नो तर्फबाट दबाब दिन अनुरोध गरिएका पोस्ट, प्रधानमन्त्री लगायत उच्च पदमा रहेका व्यक्तिहरूलाई मेन्सन सहित शेयर गरिरहेका छन् ।
विद्यार्थीहरूको मागलाई समर्थन गर्दै प्रभावशाली व्यक्तिहरूले समेत ट्वीटर गरिरहेका छन् । जसमा विनोद चौधरी, सुविन भट्टराई, मिलन पाण्डे लगायत समेत जोडिएका छन् ।
सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।
— Binod Chaudhary (@BinodKChaudhary) August 6, 2021
कुनै पनि कुराको महत्व समय र परिस्थिति अनुसार हेरिनुपर्छ । परीक्षा कति महत्वपूर्ण छ, विद्यार्थीले बुझेकै छन् ।
— Subin Bhattarai (@subinbhattarai1) August 6, 2021
तर अहिले परीक्षाभन्दा माथि गएर स्वास्थ बुझ्ने बेला हो । परीक्षाले पर्खिन सक्छ। अविलम्ब भौतिक रुपमा परीक्षा सञ्चालन गर्ने निर्णय फिर्ता लिइयोस् । #CancelNEBExams
आदरणीय प्रम @SherBDeuba ज्यू,
— Milan Pandey (@MilanPandey) August 5, 2021
लाखौँ विद्यार्थी अहिले तनावमा छन्।
हाम्रो परीक्षा केन्द्रहरूको तयारी, यातायात लगायतको व्यवस्थापन हेर्दा हामीले परीक्षा सुरक्षित रूपमा गर्न सक्ने देखिएको छैन।
तेस्रो लहरको सेन्टर परीक्षा केन्द्र नबनोस्।
परीक्षा रोकौँ, विकल्प खोजौँ।#CancelNEBExams
सामाजिक सञ्जालमा उनीहरुले विद्यार्थीहरूको स्वास्थलाई जोखिममा पार्दै परीक्षा सञ्चालन गर्न नहुने बताइरहेका छन् । ट्वीटरमा अहिले क्यान्सल एनईबि एक्जाम नामका मात्र सातवटा अकाउन्ट खुलेका छन् । हरतरहले विद्यार्थीहरू बोर्डलाई परीक्षा नलिन दबाब दिइरहेको प्रष्ट देखिन्छ ।
सामाजिक सञ्जालमा अहिले कक्षा १२ को परीक्षा सञ्चालान गर्न नहुने र गर्नैपर्ने दुवै प्रकारका विचारहरू भेटिन्छन् । बढ्दो कोरोना सङ्क्रमणले गर्दा विद्यार्थीहरूको भविष्य अन्यौलमा परेका कारण परीक्षा स्थगन गर्नेभन्दा पनि सुरक्षित रुपमा सञ्चालन गरिनुपर्ने धारणाहरू पनि सामाजिक सञ्जालमा आएका छन् ।
अपूर्व क्षितिज सिंहले बिहीबार आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन्, ‘प्लस टुको परीक्षा क्यान्सल हुनुपर्छ भन्छन् । ओलम्पिकमा खेलाडीहरू किन गएका होलान् है ? कोभिड छ । म जान्न किन भनेन् होला ? ज्यान प्यारो कि मेहनत ?’
विद्यार्थीहरूको चर्को दबाबका बीच स्वास्थ्य मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाईं कक्षा १२ को परीक्षाको मिति पुनर्विचार गर्न आग्रह गरेको छ । यसै विषयलाई लिएर शिक्षा सचिवको उपस्थितिमा शनिबार बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
‘हामी पनि विद्यार्थीहरूको स्वास्थ्य प्रति गम्भीर छौं र बिना कुनै तयारी यो परीक्षा सञ्चालन गर्न लागिएको पनि होइन,’ उनले भने, ‘यस विषयमा हामी भोलि बैठक बस्दैछौं ।’ ट्वीटरमा चलेको ट्रेन्डिङको विषयलाई भने उनी यो कुनै विद्यार्थीहरूले चलाएको अभियानभन्दा पनि केही साइबर समूहको सक्रियता ठान्छन् ।
‘सामाजिक सञ्जालमा परीक्षा रद्द गर्नुपर्छ भनेर चलेको अभियान विद्यार्थीले चलाएको अभियान होइन । यसमा कुनै साइबर समूह लागेको छ । हामीले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्दै परीक्षाको तयारी गरेका छौं,” उनले थपे ।
कोरोना सङ्क्रमित विद्यार्थीहरूको विषयमा चाहिँ परीक्षाको २० दिन पछि मात्र उसको लागि उसकै होम सेन्टरमा परीक्षा दिन लगाउने योजना समेत अध्यक्ष पौडेलले सुनाए । त्यस्तै विद्यार्थीहरूको अनलाइन परीक्षाको मागको विषयमा प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले निर्णय लिँदा काठमाडौंका विद्यार्थीहरूलाई मात्र ध्यानमा राख्न मिल्दैन ।’
‘अझै पनि देशका धेरै जिल्लाका स्थानीय निकायहरूमा बिजुली समेत पुग्न सकेको छैन । इन्टरनेट पनि ६६३ ओटा स्थानीय तहमा मात्र पुगेको छ । जब स्थानीय निकायनै इन्टनेटको पहुँचमा छैनन् भने विद्यार्थी कसरी हुनसक्छन् ?’
देशभरका विद्यार्थीहरू इन्टरनेटको पहुँचमा हुन नसकेका कारण पनि अनलाइन परीक्षा सम्भव नभएको उनको तर्क छ । ‘हामीसँग इन्टरनेटको पूर्वाधार देशभर तयार भइसकेको छैन । त्यसमाथि अनलाइन परीक्षाको कुनै कार्यविधि र मापदण्ड पनि छैन ।’
‘यस्तोमा अनलाइन परीक्षा पनि गाह्रो विषय हो,’ उनले भने, ‘खोप दिएर मात्र परीक्षा गर्नको लागि सरकारले कदम चाल्नु पर्ने हो । तर, बोर्डले खोप दिने होइन ।’ गत वर्ष पनि राम्रोसँग परीक्षा सञ्चालन गरेको उल्लेख गर्दै उनले यो वर्ष पनि विद्यार्थीहरूलाई ढुक्क हुन आग्रह गरे ।
परीक्षा स्थगित हुने वा मिति पछि सार्ने विषयमा चाहिँ अहिले नै केही भन्न नसकिने उनको भनाई छ । यस अघि पनि बोर्डले जेठ २६ गतेका लागि तय गरेको परीक्षा स्थगित गरेको थियो । त्यसपछि साउन ४ गते परीक्षा तालिका सार्वजनिक गर्दै बोर्डले यसै महिनाको ३१ गतेबाट परीक्षा सुरु हुने गरी तालिका तय गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
