काठमाडौं । साओमीले हालै रेड्मी के सिरिजको नयाँ स्मार्टफोन चिनियाँ बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको 'रेड्मी के सिक्सटि' फोन बजारमा उपलब्ध गराएको पाँच मिनेट भित्रै तीन लाख थान बिक्री भएको कम्पनीले चिनियाँ सञ्चार माध्यम 'विबो' मार्फत जानकारी दिएको छ ।
फोनमा उपलब्ध नयाँ फिचर, वायरलेस चार्जिङ, १२२० पिक्सेलको स्क्रिन साथै स्न्यापड्रागन ८ जेन २ चिपसेट लगायतका फिचरहरू यस फोनमा आकर्षण हुन् । कम्पनीले यो सिरिजको तीनओटा मोडल: रेड्मी के सिक्सटि, रेड्मी के सिक्सटि ई र के सिक्सटि प्रो सार्वजनिक गरेको हो ।
रेड्मीको के सिरिज धेरै प्रयोगकर्ताहरूले मनपराएको स्मार्टफोन हो । मिडरेन्ज फोनमा पनि फ्ल्यागसिप फोनमा जस्तै उपलब्ध हुने फिचरहरूका कारण पनि यो फोन लोकप्रिय बनेको छ ।
यो फोनबारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।