close

फोटोमा ब्याकग्राउन्ड हटाउन, क्वालिटी बढाउन र अनावश्यक वस्तु हटाउन उपयोगी एउटै वेबसाइट

टेकपाना टेकपाना

पुस १९, २०७९ २२:९

फोटोमा ब्याकग्राउन्ड हटाउन, क्वालिटी बढाउन र अनावश्यक वस्तु हटाउन उपयोगी एउटै वेबसाइट

काठमाडौं । साधारण कामका पनि अहिले फोटो एडिटिङ निकै आवश्यक सीप बनेको छ । तर यसको आधारभूत पक्ष सिक्न नै हामीलाई बढी समय लाग्न सक्छ ।

आज हामी एउटा यस्तो वेबसाइटबारे चर्चा गर्दैछौँ, जसका माध्यमबाट फोटो एडिटिङका लागि आवश्यक आधारभूत काम सजिलै गर्न सकिन्छ । यस्ता काम गर्न सीप सिकेको हुनुपर्छ भन्ने हुँदैन ।

हामीले जानकारी दिन लागेको वेबसाइटको नाम हो, क्लिपड्रप डटको (clipdrop.co) । यो वेबसाइटका माध्यमबाट कुनै पनि फोटोको ब्याकग्राउन्ड हटाउन सकिन्छ, अनि  उक्त साइटबाट आफूलाई मन पर्ने ब्याकग्राउन्ड राख्न सकिन्छ ।

कुनै फोटो ब्लर छ भने यसबाटै हटाउन सकिन्छ । यदि कुनै आवश्यक जानकारी दिएर फोटो तयार पार्नुछ भने त्याे पनि यही वेबसाइटबाट गर्न सक्नुहुन्छ ।

फोटोको ब्याकग्राउन्ड हटाउन तलको प्रक्रिया अपनाउनुहोस्;

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर क्लिपड्रपको वेबसाइटमा जानुहोस् ।

-   त्यसपछि 'क्लिक अर ड्रप अ फाइल टु स्टार्ट' अप्सनमा क्लिक/ट्याप गर्नुहोस् ।

-  अनि ग्यालरीबाट आफूले ब्याकग्राउन्ड हटाउन चाहेको फोटो छान्नुहोस् ।

-  यति गरेपछि 'डाउनस्केल एन्ड कन्टिन्यु' अप्सन छान्नुहोस् ।

-  र, अन्त्यमा 'डाउनलोड' अप्सनमा क्लिक गरेर फोटो डाउनलोड गर्नुहोस् ।

फोटोको गुणस्तर बढाउन तलको प्रक्रिया अपनाउनुहोस्;

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर फोटोको गुणस्तर बढाउने अप्सनमा जानुहोस् ।

-  त्यसपछि आफूले 'क्लिक अर ड्र्याग एन एसडी साइज...' को अप्सनमा ट्याप गर्नुहोस् ।

-  अनि, तल रहेको 'डाउनलोड' अप्सनमा क्लिक गरेर फोटो डाउनलोड गर्नुहोस् ।

फोटोमा लाइट मिलाउन तलको प्रक्रिया अपनाउनुहोस्:

-  क्लिपड्रपबाट फोटोमा आकर्षक लाइट मिलाउन सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

-  त्यसपछि 'क्लिक अर ड्रप अ फाइल हियर टु स्टार्ट'मा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि ग्यालरीबाट लाइटनिङ बढाउन चाहेको फोटो छान्नुहोस् ।

-  त्यसपछि फोटोमा सुहाउने लाइट मिलाएर 'डाउनलोड' अप्सनमा क्लिक गरेर फोटो डाउनलोड गर्नुहोस् ।

माथि उल्लेखित फिचरहरू निःशुल्क प्रयोग गर्न सकिन्छ । यदि तपाईँलाई फोटोको ब्याकग्राउन्ड हटाएर आफूलाई आवश्यक ब्याकग्राउन्ड राख्न पर्‍यो भने सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १३:३४