काठमाडौं । इन्टरनेट सेवाप्रदायक सीजीनेटले २० जना बिक्री प्रबन्धक भर्ना गर्ने भएको छ । काठमाडौं उपत्यकामा रहेर काम गर्न इच्छुकका लागि कम्पनीले यो पदमा आवेदन खुलाएको हो ।
यसअन्तर्गत एसएलसी उत्तीर्ण व्यक्तिले आवेदन दिनसक्ने छन् । कम्पनीका अनुसार कार्यालय समय बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म र न्यूनतम तलब १९ हजार रुपैयाँका साथै बोनस र सुविधा उपलब्ध हुनेछ ।
इच्छुक व्यक्तिले [email protected] मा ईमेल गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १२:५९
