close

फेसबुकको स्मार्ट फिचर, कम्प्युटरबाटै यसरी अपलोड गर्नुहोस् मोबाइलमा भएको फोटो

टेकपाना टेकपाना

पुस २७, २०७९ १७:२४

फेसबुकको स्मार्ट फिचर, कम्प्युटरबाटै यसरी अपलोड गर्नुहोस् मोबाइलमा भएको फोटो

काठमाडौं । यदि तपाईँको मोबाइलमा फोटो छ, र त्यसलाई कम्प्युटरबाट फेसबुकमा अपलोड गर्नुपर्‍यो भने के गर्नुहुन्छ ? हामीमध्ये अधिकांश प्रयोगकर्ता सबैभन्दा पहिले उक्त फोटो कम्प्युटरमा ट्रान्सफर गर्छौं । त्यसपछि आवश्यक परेका फोटो कम्प्युटरबाट अपलोड गर्छौं ।

यदि तपाईँसँग फोन र कम्प्युटर दुवै छ । र, फोनमा भएको फोटो कम्प्युटरबाट फेसबुकमा अपलोड गर्न चाहनुहुन्छ भने फेसबुकमा एउटा स्मार्ट फिचर छ । याे फिचर प्रयाेग गरी मोबाइलमा भएको फोटो वा भिडिओ कम्प्युटरबाट अपलाेड गर्न सकिन्छ ।

- सबैभन्दा पहिले कम्प्युटरमा फेसबुक खोल्नुहोस् ।

- त्यसपछि होमपेजमा रहेको 'Photo/Video' अप्सनमा जानहोस् ।

- अनि, 'Add Photos/Videos from your mobile device' फ्रम योर मोबाइल डिभाइस'को अप्सनमा रहेको 'Add' बटन क्लिक गर्नुहोस् ।

यति गरेपछि तपाईँकाे मोबाइलमा रहेको फेसबुक एपमा नोकिफिकेसन जान्छ ।

-फोनमा आएको नोटिफिकेसनमा ट्याप गर्नुहोस् ।

 

-त्यहाँबाट आफूले कम्प्युटरबाट अपलोड गर्न चाहेको भिडिओ वा फोटो छान्नुहोस् ।

- र, माथि दायाँपट्टि भएको 'Next' अप्सनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि तपाईँले छानेका फोटो कम्प्युटरमा अपलोड हुन्छन् ।

- अनि क्याप्सन राखेर फोटो वा भिडिओ पोस्ट गर्नुहोस् ।

 

यो फिचरलाई फोटो ट्रान्सफर गर्ने माध्यमका रूपमा पनि प्रयोग गर्न सकिन्छ । फोनबाट कम्प्युटरमा फोटो वा भिडिओ पठाउनु पर्‍यो भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ १७:३६