close

सुजुकीको नयाँ इलेक्ट्रिक एसयूभी, सिङ्गल चार्जमा ५५० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

पुस २९, २०७९ १०:४१

सुजुकीको नयाँ इलेक्ट्रिक एसयूभी, सिङ्गल चार्जमा ५५० किमिसम्म गुड्ने

काठमाडौं । मारुती सुजुकीले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने भएकाे छ । भारतको ग्रेटर नोइडामा आयोजित अटो एक्स्पो २०२३ का अवसरमा कम्पनीले ईभीएक्स (ईलेक्ट्रिक भेहिकल एक्सपिरियन्स) नामकाे कन्सेप्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

मध्यम आकारको यो 'ईभी'मा ६० किलोवाटआवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको फुल चार्जमा ५५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो 'ईभीएक्स' ४३०० एमएम लम्बाइ, १८०० एमएम चौडाइ र १६०० एमएम उचाइमा उपलब्ध हुनेछ ।

यसमा अपराइट पोस्चर, तेर्सो हुड, कमान्डिङ हाई सिट, ठूलो केबिन साइज, लामो ह्वीलबेस, ठूला पाङ्ग्रा, उच्च ग्राउन्ड क्लियरेन्स, सिग्नेचर एलईडी लाइट लगायतका विशेषता रहेकाे सुजुकीले जनाएकाे छ ।

कारको मूल्य र बजारमा उपलब्ध हुने मितिबारे भने केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १०:४१