काठमाडाैँ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनकाे एक भागकाे रुपमा रहेकाे 'पाटन कलेज फर प्राेफेसनल स्टडिज' सन् २०१२ मा स्थापना भएको हो । तर कलेजले सन् २०१७ देखि मात्र शैक्षिक कार्यक्रम सञ्चालन गर्न थाल्याे ।
हाल यस कलेजले बेलायतकाे बेडफोर्डशायर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर कोर्षहरू सञ्चालन गरिरहेकाे छ ।
कलेजले अनलाइन लर्निङ प्लेटफर्म कोर्सेरासँग पनि सहकार्य गरेकाे छ, जहाँ विद्यार्थीका लागि निःशुल्क पहुँचकाे व्यवस्था छ ।
कलेजले आयोजना गर्ने ठूला कार्यक्रममा 'ओपन डे', 'विन्टर कार्निभल' लगायत छन् ।
शब्द-चित्रमा कलेज
कलेज नाम: पाटन कलेज फर प्राेफेसनल स्टडिज (पीसीपीएस कलेज)
भर्नाः सेप्टेम्बर/अक्टोबर, जनवरी/फ्रेब्रुअरी र मे/जुन इन्टेक
आईटी काेर्ष
बीएससी (अनर्स) कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ (सीएसएसई)
याे तीन वर्षे ३६० क्रेडिट आवरको काेर्ष हाे । यस कोर्ष विशेष गरेर सफ्टवेयर इन्जिनियरिङमा केन्द्रित छ । आईटी क्षेत्रमा नै भविष्य बनाउने हो भने यो कोर्ष उपयुक्त भएको डीन एकेडेमिक्स ई. अजय शर्मा बताउँछन् ।
यो कोर्ष गर्न १३ लाख रुपैयाँकाे हारहारीमा शुल्क लाग्छ ।
कलेजले एक वर्षमा सेप्टेम्बर/अक्टोबर, जनवरी/फ्रेब्रुअरी र मे/जुन गरी तीन इन्टेकमा विद्यार्थीकाे भर्ना लिने गरेकाे छ ।
साथै यस कलेजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा काम गर्ने कम्पनी फ्युज मसिनसँगको सहकार्यमा कलेजले डेढ वर्षको माइक्रो डिग्री कोर्ष बीएससी (अनर्स) सीएसएसई विथ इन एआई पनि अध्यापन गराउँछ । यस कोर्षको शुल्क एक लाख २६ हजार रुपैयाँ रहेको छ ।
अन्य कोर्ष
कलेजले आईटी कोर्षबाहेक स्नातक तहमा ब्याचलर अफ बीजनेस एड्मिनिस्ट्रेसन (बीबीए) को अध्यापन गराइरहेको छ ।
साथै कलेजले सीएसएसई र बीबीएको ‘फाउन्डेसन वर्ष’का रुपमा १२० क्रेडिट आवरको कोर्ष सञ्चालन गरिरहेको छ ।
यस कोर्षको अध्ययनपछि विद्यार्थीले स्नातक तहमा अध्ययन गर्ने कुनै पनि विषयको पहिलो वर्ष (लेभल फोर) स्वत: उत्तीर्ण गरे सरह हुने कलेजकाे भनाइ छ ।