close

भिरिन्ची कलेजमा रोबो र्‍याम्प रेस प्रतियोगिता सम्पन्न

टेकपाना टेकपाना

फागुन ३, २०७९ ८:२४

भिरिन्ची कलेजमा रोबो र्‍याम्प रेस प्रतियोगिता सम्पन्न

काठमाडौं । ललितपुर अवस्थित भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्‍याम्प रेस (आरआरआर) २.० प्रतियोगिता सम्पन्न भएको छ । फागुन १ गते कलेज परिसरमै आयोजना गरिएको सो प्रतियोगिता आईसीटी मेलाको एक महत्त्वपूर्ण भागको रुपमा रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश सिम्खडाले बताए ।

उनका अनुसार प्रतियोगितामा उपत्यकाका २० विद्यालयले सहभागी जनाएका थिए, जसमा विद्यार्थी स्वयंले तयार पारेका डीआईवाई (DIY) रिमोट कन्ट्रोलर र रोबोटिक्स आर्म प्रयोग गरिएको थियो । दौड १०० फिट लामो ट्र्याकमा गरिएको थियो ।

त्यही ट्र्याकमा जिपलाइन, सर्भेलियन्स मोनिटर्ड टनेल जस्ता अवरोध राखिएका थिए । तेस्रो राउण्डसम्म भएको प्रतियोगितामा अमेनिटी स्कुलका विद्यार्थीले प्रथम स्थान ओगट्न सफल भएका थिए ।

त्यस्तै काठमाडौं प्रज्ञा कुञ्ज स्कुल दोस्रो र युनाइटेड कलेजका विद्यार्थी तेस्रो भएका भएका थिए ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ ८:२७