close

सवारी लाइसेन्सको ट्रायल पास गर्न सहज, के गर्दा काटिन्छ नम्बर ?

टेकपाना टेकपाना

फागुन ३, २०७९ ८:५१

सवारी लाइसेन्सको ट्रायल पास गर्न सहज, के गर्दा काटिन्छ नम्बर ?

काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को ट्रायलमा अंकभार प्रणाली लागू भएको छ । प्रदेशमा रहेका १२ वटा यातायात व्यवस्था कार्यालयमध्ये सवारीचालक अनुमति प्रदान गर्ने पाँच कार्यालयबाट नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ ।

अब लाइसेन्सका लागि ट्रायल दिँदा कुल १०० मध्ये ७० प्रतिशत अंक ल्याए उत्तीर्ण हुन सकिनेछ । मोटरसाइकल, स्कुटर र कारमा प्रयोगात्मक परीक्षा नयाँ अङ्क भार प्रणाली लागू गर्ने र अन्य सवारीसाधनका हकमा पुरानै प्रणाली लागू हुने बताइएको छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार ताेकिएको छ । मोटरसाइकल, स्कुटर र मोपेडका चालकले घुमाउरो एट (आठ) आकारको अङ्कभार २० तोकिएको छ । दुई पटकसम्म उक्त एट आकारको रेखामा छोएमा प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घट्छ ।

तर दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा अनुत्तीर्ण घाेषणा गरिनेछ ।

अंकभार १० ताेकिएकाे साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुने व्यवस्था गरिएकाे छ ।

निर्देशिकामा यू टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइने र त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोएमा अनुत्तीर्ण हुने व्यवस्था रहेको छ ।

कार्यविधि पढ्नुहाेस्

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ ९:२