close

खल्तीबाट १ रुपैयाँमै फ्लाइट टिकट खरिद गर्ने अवसर, बम्पर उपहारमा वनप्लस ११ जित्न सकिने

टेकपाना टेकपाना

फागुन ३, २०७९ १०:५२

खल्तीबाट १ रुपैयाँमै फ्लाइट टिकट खरिद गर्ने अवसर, बम्पर उपहारमा वनप्लस ११ जित्न सकिने

काठमाडौं । डिजिटल वालेट खल्तीले हरेक दिन रु. १ मा उडान टिकट र बम्पर पुरस्कारको रूपमा वनप्लस ११ जित्न सकिने अफर ल्याएको छ । यसअघि पनि ल्याइएको अफर प्रयोगकर्ताले मन पराएपछि पुनः सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

चैत १५ सम्म चल्ने अफरमा खल्तीका केवाईसी भेरिफाइड प्रयोगकर्ता सहभागी हुन सक्नेछन् । ''खल्ती एपमार्फत आफ्नो उडान टिकट बुक गरी दैनिक रु. १ मा हुने उडानको लक्की ड्र र वनप्लस ११ को बम्पर पुरस्कारका लागि योग्य हुन सकिनेछ,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

दैनिक उडान टिकटको विजेता घोषणा खल्तीको फेसबुक पेज र ब्लगमा गरिने र बम्पर पुरस्कारको विजेता घोषणा खल्ती फेसबुक पेजमा फेसबुक लाइभमार्फत गरिने कम्पनीले जनाएको छ ।

साथै नयाँ खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘FLYWITHKHALTI’ प्रयोग गरी पहिलो पटक फ्लाइट बुकिङ गर्दा ३०० रुपैयाँको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १०:५२