close

अब भाइबर एपमै एआई च्याटबट, जुनसुकै प्रश्न सोध्न र फोटो डिजाइन गर्न सकिने

टेकपाना टेकपाना

फागुन ४, २०७९ १६:४७

अब भाइबर एपमै एआई च्याटबट, जुनसुकै प्रश्न सोध्न र फोटो डिजाइन गर्न सकिने

काठमाडौं । राकुटेन भाइबरले नयाँ च्याटबट सार्वजनिक गरेको छ । 'एआई च्याट एन्ड क्रिएट' नाम दिइएको यो च्याटबटमार्फत प्रयोगकर्ताले एआई टेक्स्ट र तस्वीर बनाउन सक्ने कम्पनीले जनाएको छ ।

ड्याल-ई, डाविन्चीजस्ता आधुनिक एआई फिचरसहित कम्पनीले भाइबर एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । योसँगै च्याटबटमार्फत कुनैपनि प्रश्न सोध्न वा आकर्षक तस्वीर डिजाइन गर्न सकिने कम्पनीको भनाइ छ ।

''भाइबरले जटिल प्रविधि र प्रयोगकर्ताबीचको सहजताका लागि पुलको रूपमा काम गर्दछ, जसको कारण प्रयोगकर्ताहरूले आफ्नो ईमेल प्रयोग नगरिकन वा प्रत्येक सेवाका लागि छुट्टै अकाउन्ट सिर्जना नगरी यसको भरपूर आनन्द लिन सक्नेछन्,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिनसक्ने कम्पनीले उल्लेख गरेको छ ।

हाल च्याटबटले दुई विकल्पहरू प्रदान गर्दछ, एउटा तस्वीरहरूका लागि र अर्को टेक्स्टका लागि । निकट भविष्यमा अन्य सेवा पनि विस्तार गर्ने कम्पनीले योजना ल्याएको छ । एआई च्याट एन्ड क्रिएट च्याटबट भाइबर एपको च्याट फङ्सन वा यसको एक्सप्लोर पेजमा सर्च गरी फेला पार्न सकिन्छ ।

यी सुविधा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ १६:४७