close

अनरको एआई क्यामेराले खिच्यो गिनिज वर्ल्ड रेकर्ड फोटो

टेकपाना टेकपाना

फागुन ५, २०७९ ११:५०

अनरको एआई क्यामेराले खिच्यो गिनिज वर्ल्ड रेकर्ड फोटो

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी अनरले नयाँ एआई क्यामेराको क्षमता प्रदर्शन गर्न गिनिज वर्ल्ड रेकर्डसँग सहकार्य गरेको छ । फेब्रुअरी २७ का दिन सार्वजनिक हुने अनर म्याजिक फाइभ प्रोको एआई क्यामेराले उक्त सहकार्यमा वर्ल्ड रेकर्ड राख्नका लागि आवश्यक फोटो खिचेको हो ।

विश्व रेकर्ड तोड्न पोल्यान्डका बास्केटबल खेलाडी पाइटर ग्राबवस्की तयार थिए । उनले जमिन र खुट्टाबीचको फराकिलो उचाई कायम गर्दै बल बास्केटबल नेटबाट छिराएर वर्ल्ड रेकर्ड राखेका थिए । अनर म्याजिक फाइभ प्रोको एआई क्यामेराले उक्त क्षण कैद गरेको छ ।

कम्पनीले अनर म्याजिक फाइभको क्यामेराको क्षमता देखाउन उक्त फोटो खिचेको उल्लेख गरेको छ । उक्त फोटोको डिलेट निकै आकर्षक देखिन्छ । यस फोनमा पाँच ओटा मोड रहेका छन् । जहाँ अल्ट्रावाइडमा ०.५ एक्स, मुख्यमा १ एक्स, र पेरिस्कोपका लागि ३.५ एक्स र ५ एक्स जुम क्षमता रहेको छ ।

वर्ल्ड मोबाइल कङ्ग्रेसका दिन २७ फेब्रुअरीमा उक्त फोन सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ ११:५०