close

सामाजिक सञ्जालमार्फत करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

टेकपाना टेकपाना

फागुन ५, २०७९ १३:२६

सामाजिक सञ्जालमार्फत करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । युट्युब भिडिओमा अन्तर्वार्ता दिने क्रममा कलाकार एवं एमाले नेतृ करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् ।

नेपाल प्रहरी मातहतको साइबर ब्यूरोले शुक्रबार उनलाई पक्राउ गरेको हाे । गत माघ २५ गते मानन्धरले मानहानी गरेकाे भन्दै उनीविरुद्ध ब्यूरोमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा आरोपी खनाललाई नियन्त्रमा लिइएकाे साइबर ब्यूराेले जानकारी दियाे । खनालमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लग्न लागिएको ब्यूराे स्राेतले जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १३:२६