close

अनलाइनमार्फत रकम ठगी गर्ने दुई महिला पक्राउ

टेकपाना टेकपाना

फागुन ५, २०७९ १७:५३

अनलाइनमार्फत रकम ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं । झुट्टा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भएकी ३२ वर्षीया उषा कार्की र चितवन घर भएकी २० वर्षीय निकिता सुवेदी रहेका छन् । 

काठमाडाैं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका अनुसार आरोपित महिलाहरू ​काठमाडाैंकाे बाँसबारीमा आफ्नो घर भएकाे, खान्दानी परिवारकी छाेरी भएकाे, विश्वविद्यालयमा एमबीबीएस टपर भएकाे लगायतका प्रलाेभन देखाउँदै पीडितसँग नजिक हुन्थे । 

पीडितसँग झुट्टा बहाना बनाई नजिकको साथी बनेपछि ईसेवा वालेटमा रकम पठाउन लगाउने र ठगी गर्ने गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

पक्राउ परेका कार्की र सुवेदीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १८:०