close

बीवाईडी र एभरेष्ट बैंकबीच सम्झौता, १२ लाख डाउन पेमेन्टमा एट्टो थ्री खरिद गर्न सकिने

टेकपाना टेकपाना

फागुन ५, २०७९ २२:२

बीवाईडी र एभरेष्ट बैंकबीच सम्झौता, १२ लाख डाउन पेमेन्टमा एट्टो थ्री खरिद गर्न सकिने

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालि र एभरेष्ट बैंकबीच ग्राहकलाई वित्तीय विकल्प उपलब्ध गराउने सम्झौता भएको छ । एभरेष्ट बैंकका ग्राहकलाई विद्युतीय सवारी साधनका लागि सहज वित्तीय विकल्प उपलब्ध गराउने उद्देश्यले यो सहकार्य भएको हो ।

यस सम्झौता अनुसार बीवाईडीको कुनै पनि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउनेछन् । एभरेष्ट बैंकका कुनै पनि शाखाबाट बीवाईडीका लागि ८० प्रतिशतसम्म ऋण पाउन सकिनेछ ।

एभरेस्ट बैंकले सात वर्षसम्मका लागि बीवाईडी सवारीसाधनको लागि विशेष ब्याजदरसहित कर्जा उपलब्ध गराउने भएको हो । २० प्रतिशत डाउन पेमेन्ट गरेको खण्डमा ग्राहकहरूले हालसालै लन्च गरिएको बीवाईडी एट्टो थ्री खरिद गर्न सक्नेछन् ।

सो योजनाअन्तर्गत बीवाईडी एट्टो थ्री खरिद गर्न १२ लाख ९८ हजार रुपैयाँ र वीबाईडी ई-६ ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ । यो वित्तीय व्यवस्था नेपाल राष्ट्रको सम्बन्धित निर्देशन र निर्देशिका अन्तर्गत रहेको  बताइएको छ ।

बैंकले बीवाईडी गाडी खरिदका लागि आवश्यक कागजात पेस गरेको सात दिनभित्र ऋण उपलब्ध गराउनेछ । त्यस्तै बैंकले ऋण प्रक्रियाका लागि लाग्ने शुल्कमा पनि ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

साइमेक्सले बीवाइडी एट्टो थ्री ८९ लाख ९० हजार रुपैयाँमा वितरण गर्दै आएको छ भने वीबाईडी ई-६ का लागि ५९ लाख रुपैयाँ तोकिएको छ ।  

 

 

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ २२:२