close

पोखरा विश्वविद्यालयका आईटी कोर्ष पढाउने कस्मस कलेज

टेकपाना टेकपाना

फागुन ५, २०७९ १९:३६

पोखरा विश्वविद्यालयका आईटी कोर्ष पढाउने कस्मस कलेज

काठमाडाैं । २२ वर्षअघि स्थापना भएकाे कस्मस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नाेलाेजीले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा सूचना प्रविधि (आईटी), इन्जिनियरिङ र व्यवस्थापन संकायका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

कलेजले अतिरिक्त शिक्षाका लागि एलआरबीएसयू, सिटिजन बैंक, ड्राइ आइस सोलुसन, शुलिनी विश्वविद्यालय, भारतसँग सम्झौता गरेको छ । 

काेर्ष

ब्याचलर ईन इन्फर्मेसन एन्ड टेक्नोलोजी  (बीआईटी)

सूचना प्रविधि सम्बन्धी यो चार वर्षे शैक्षिक कार्यक्रममा इन्फर्मेसन सिस्टम, नेटवर्क प्रोग्रामिङ, इन्जिनियरिङ इकोनोमिक्स, सफ्टवेयर इन्जिनियरिङ सिस्टम लगायतका विषयमा पढाइ हुन्छ । कलेजमा यो काेर्षका लागि ४८ जना विद्यार्थी काेटा निर्धारण गरिएकाे छ ।

कोर्षबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

ब्याचलर ईन कम्प्युटर इन्जिनियरिङ (बीई कम्प्युटर)

यो शैक्षिक कार्यक्रम इलेन्ट्रोनिकल इन्जिनियरिङ, कम्प्युटर साइन्स आदिको मिश्रण रहेको छ । यस चार वर्षको १२६ क्रेडिट आवरको कोर्ष हो ।

यस कोर्षमा थर्मल साइन्स, माइक्रोप्रोसेसर,  अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट, आर्टिफिसियल इन्टेलििजेन्स, एम्बेडेड सिस्टम लगायतका विषय अध्यापन हुन्छ । कलेजमा यो कोर्षका लागि ४८ जनाकाे विद्यार्थी सिट ताेकिएकाे छ ।

कोर्षबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

ब्याचलर ईन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन

यस कोर्ष इलेक्ट्रोनिक हार्डवेयर र कम्प्युनिकेसन सिस्टममा केन्द्रित छ ।

यस कोर्षमा इलेक्ट्रोनिक डिभाइस, इलेक्ट्रोनिक सर्किट, सिग्नल एन्ड सिस्टम, एनालग कम्प्युनिकेसन, डिजिटल सिग्नल प्रोसेसिङ, वायरलेस कम्प्युनिकेसन टेक्नोलोजटी आदि विषयमा अध्यापन हुन्छ ।

कलेजमा यो कोर्षका लागि ४८ जनाकाे विद्यार्थी सिट निर्धारण गरिएकाे छ । ​कोर्षबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

आईटीबाहेक अन्य कोर्ष

माथि उल्लेखित शैक्षिक कार्यक्रम बाहेक कलेजले स्नातक तहमा सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र बीबीए पनि सञ्चालन गरिरहेकाे छ । 

कलेजले वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ, जसमा रोबोटिक्स आर्म वर्कशप, लिनक्स ट्रेनिङ, आर्किटेक्चर एक्जिबेसन, यन्त्र, अर्डिनो प्रोगामिङ ट्रेनिङ, हल्ट प्राइज लगायत छन् । 

शब्द-चित्रमा कस्मस

कलेज नाम: कस्मस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी

प्रिन्सिपल: डा. पवन के. भट्टराई 

सञ्चालक समिति: ई. लक्ष्मण पोखरेल, डा. पवन के. भट्टराई, डा. विनोद पराजुली, ई. उद्धव चौलागाईं, सूर्य ज्ञवाली, रमेश सिलवाल, सिन्जन कोइराला

शिक्षक/कर्मचारी संख्या: २००

विद्यार्थी संख्या: १५००
 

सम्पर्क:

वेबसाइट: cosmoscollege.edu.np

टेलिफाेन: ०१-१५१५१४११

ईमेल: [email protected]

ठेगाना: टुटेपानी, चापागाउँ दोबाटो

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ २१:५८