close

फेसबुकमा कुनै पेज खोल्दा किन देखिन्छ प्रयोगकर्ताकै सोसल मिडिया लिंक ?

टेकपाना टेकपाना

फागुन ६, २०७९ ९:५५

फेसबुकमा कुनै पेज खोल्दा किन देखिन्छ प्रयोगकर्ताकै सोसल मिडिया लिंक ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कमजाेरी भेटिएको छ । कुनै पनि फेसबुक पेज खोली हेर्दा त्यसको इन्ट्रोमा प्रयोगकर्ताकै सोसल साइट लिङ्क देखिने यस्तो समस्यालाई साइबर सुरक्षा जानकारले सफ्वेयर बग वा 'सफ्टवेयर ग्लिच' भन्न सकिने बताएका छन् ।

''कोड गर्दा 'ब्याक इन्ड'मा केही एरर भएर त्यस्तो देखाएको हुनसक्छ,'' नेपाली साइबर सुरक्षा कम्पनी क्रिप्टोजेनका प्रमुख प्राविधिक अधिकृत निर्मल दाहालले भने, ''यसबाट सुरक्षा कमजोरी केही भएको होइन । मात्रै एउटा ग्लिच आएको हो ।''

फेसबुकमा कुनै पनि पेज खोली हेर्दा तपाईँले आफ्नो प्रोफाइलमा ट्वीटर, फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन लगायत जुनजुन सामाजिक सञ्जालका लिङ्क राख्नुभएको छ, ती लिङ्क देखिन्छ ।

यस्तो समस्या नेपालको लोकेसनमा देखिएको भए पनि सबै क्षेत्रमा भए नभएको स्पष्ट छैन । साथै कुनै पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यसबारे उल्लेख नगरेकाले नेपालको लोकेसनमा यस्तो समस्या भएको अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ १३:२२