close

नमस्ते पेको सेवा आज राति नचल्ने

टेकपाना टेकपाना

फागुन ८, २०७९ २२:२९

नमस्ते पेको सेवा आज राति नचल्ने

काठमाडौं । डिजिटल वालेट नमस्ते पेको सेवा आज राति १० बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै करिब छ घण्टाका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

कम्पनीका अनुसार सोमबार राति १० बजेबाट मंगलबार बिहान ४ बजेसम्म सिस्टमको डीआर (डिजास्टार रिकभरी) ड्रिलको काम हुने भएकाले सेवा अवरुद्ध हुनेछ ।

"नमस्ते पे सिस्टमको 'डीआर ड्रिल' गर्नुपर्ने भएकाले यही फागुन ८ गते सोमबार राति १० बजेदेखि फागुन ९ गते मंगलबार बिहान ४ बजेसम्मको अवधिमा नमस्ते पे सेवा अवरुद्ध हुन सक्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ," कम्पनीले सूचनामा लेखेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०७९ २२:३४