close

नमस्ते पेलाई ‘मोस्ट इनोभेटि इन पेमेन्ट’ अवार्ड

टेकपाना टेकपाना

भदौ १०, २०८१ १०:२४

नमस्ते पेलाई ‘मोस्ट इनोभेटि इन पेमेन्ट’ अवार्ड

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले 'मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४' अवार्ड प्राप्त गरेको छ । अनलाइन समाचार एग्रिगेटर ग्लोबल फाइनान्सियल मार्केट रिभ्युले कम्पनीलाई यस्तो अवार्डले सम्मानित गरेको हो  । 

ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु वित्तीय उद्योगको क्षेत्रमा केन्द्रित अनलाइन समाचार पोर्टल हो । पारदर्शीता, कर्पोरेट  सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाको आधारमा कम्पनीलाई यो अवार्ड प्रदान गरिएको उल्लेख छ । 

कम्पनीलाई नेपालको फिनटेक क्षेत्रमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले भुक्तानीका लागि नवीनतम सोलुसन ल्याउने प्रयास भइरहेको बताएको छ । नमस्ते पेमा  यूएसएसडी च्यानल मार्फत *500# डायल गरी बिना इन्टरनेट वालेट सेवा अफलाइनमा समेत प्रयोग गर्न सकिने सुविधा रहेको छ । 

जसले प्रयोगकर्ता माझ डिजिटल भुक्तानीलाई सहज बनाएको छ । यसका साथै नमस्ते पेको रिक्वेस्ट मनी र स्प्लिट बिल जस्ता सुविधा समेत यो एपमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ १०, २०८१ १०:२५