close

नमस्ते पे मार्फत फ्लाइट टिकेट खरिद गर्दा तत्कालै रु. २०० क्याशब्याक

टेकपाना टेकपाना

असोज ३०, २०८० ८:२१

नमस्ते पे मार्फत फ्लाइट टिकेट खरिद गर्दा तत्कालै रु. २०० क्याशब्याक

काठमाडौं । नमस्ते पेले दशैंमा नमस्ते पे मार्फत घरबाट फर्किने फ्लाइट टिकेट बुक गर्ने यात्रुलाई क्याशब्याक प्रदान गर्ने भएको छ । यसअन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकेट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकेटमा तत्कालै रु. २०० क्याशब्याक पाउनेछन् ।

कात्तिक १ देखि सुरु हुने याे अफरमा यात्रुले क्याशब्याकका लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीकाे भनाइ छ । 

रु. २०० को क्यासब्याकका साथै प्रत्येक उडानकर्ताले ५०० एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा एक भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउने नमस्ते पेले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० ८:२१