close

अब म्याकमा पनि विन्डोज ११ प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

फागुन ९, २०७९ १५:४४

अब म्याकमा पनि विन्डोज ११ प्रयोग गर्न सकिने

काठमाडौं । अब म्याकमा आधिकारिक रुपमा विन्डोज ११ प्रयोग गर्न सकिने भएकाे छ । माइक्रोसफ्टले आफ्नो सपोर्ट पेजमा एक ब्लग लेख्दै यस विषयमा जानकारी दिएको हो ।

"अब म्याकको एमवन र एम टु चिप भएको प्यारालल डेस्कटपको १८ भर्सनमा विन्डोज ११ प्रोको आर्म भर्सन र विन्डोज ११ इन्टरप्राइज प्रयोग गर्न सकिनेछ," माइक्रोसफ्टले  ब्लगमा उल्लेख गरेको छ ।

एप्पलले सन् २०२० मा एमवन चिप सार्वजनिक गरेकाे थियाे । तर यो चिप प्रयोग भएको म्याकमा प्रयोगकर्ताले विन्डोज १० प्रयोग गर्ने प्रयास भने विफल भयो ।

जब कि इन्टेलको चिप भएको म्याकमा भने विन्डोज १० प्रयोग गर्न सकिन्थ्यो । माइक्रोसफ्टले एमवन चिपलाई अनुमति नदिएका कारण प्रयोगकर्ता यो सेवाबाट वञ्चित भएका थिए ।

अब भने म्याक प्रयोगकर्ताले आधिकारिक रुपमा नै विन्डोज ११ प्रयोग गर्न पाउने भएका छन् । 

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ १५:४४