close

मेटलाइफ इन्स्यारेन्सको बीमा शुल्क आइएमई पेबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन ११, २०७९ १३:४८

मेटलाइफ इन्स्यारेन्सको बीमा शुल्क आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरण वापतको शुल्क आइएमई पेमार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौतापत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरे ।

आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । त्यस्तै मेटलाइफको सहायक कम्पनीको रुपमा अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०७९ १३:४८