close

अब आईएमई पेमा पनि आफ्नो बैंक खाता लिंक गर्न सकिने

टेकपाना टेकपाना

फागुन १५, २०७९ १५:५१

अब आईएमई पेमा पनि आफ्नो बैंक खाता लिंक गर्न सकिने

काठमाडौं । डिजिटल वालेट आइएमई पे'ले 'पे विथ लिंक बैंक' सेवा थप गरेको छ । अब आईएमई पेमा अन्य बैंकहरूको खाता लिंक गर्न सकिने भएको छ ।

यो सुविधा अन्तर्गत हरेक प्रयोगकर्ताले आफ्नो बैंक लिङ्क गरि आइएमई पे मार्फत सोझै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन् । 

योसँगै खाता लिंक गर्ने ग्राहकको वालेटमा १०० रुपैँयाँ ब्यालेन्स थप हुने कम्पनीले जनाएको छ । बैंक लिङ्क गरिसकेपछि टपअपको भुक्तानीमा ५ प्रतिशत क्याशब्याक, क्यूआर भुक्तानी तथा क्यूएफएक्सको मुभी टिकटमा क्याशब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २५० रुपैयाँदेखि ७०० रुपैयाँसम्मको क्याशब्याक पाउन सकिन्छ ।

आईएमई पेको नयाँ सेवामार्फत बैंक प्रयोगकर्ताले लिङ्क गरिएको बैंकबाट भुक्तान गर्न सक्छन् ।

आईएमई पेमा बैंक लिङ्क गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-   सबैभन्दा पहिले आईएमई पेको एप खोल्नुहोस् ।

-   त्यसपछि 'रिसिभ रेमिट्यान्स'को दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

-   अनि, लिङ्क बैंकको अप्सन छान्नुहोस् ।

-   यति गरेपछि आफूले लिङ्क गर्न चाहेको बैंक छान्नुहोस् ।

-   र, आफ्नो नाम तथा बैंक अकाउन्ट नम्बर राखी तल दायाँपट्टिको एरोमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईँले आफ्नो फोनमा आएको ओटीपी कोड राखी बैंक लिङ्क गर्न सक्नुहुन्छ ।

तर, याद राख्नुहोस् । तपाईँले जुन नम्बरबाट आईएमईपे एप भेरिफाइ गर्नुभएको छ त्यही नम्बर प्रयोग भएको बैंक अकाउन्ट मात्र लिङ्क गर्न सकिन्छ ।   

 

 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १५:५२